नेभिगेशन
समाज विविध

निर्णायक वार्ता गर्न सिंहदरबार पुगे शिक्षक

काठमाडौं- सरकारसँग वार्ता गर्न शिक्षक नेताहरू सिंहदरबारमा पुगेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता हुनेछ । हिजो रातिको वार्ता सकारात्मक भएकाले आज सहमति हुने बताइएको छ ।

शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् ।

शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध