नेभिगेशन
राजनीति

पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका अधिकृत पक्राउ, रेशम चौधरी आजै छुट्ने

काठमाडौं - नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको विषयले नयाँ मोड लिएको छ ।

सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्ने व्यहोराको पत्र प्रहरीसँग पुगेको छ । यस अघि सर्वोच्चको मुद्धा शाखाले पत्र पठाएपछि चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।


तर सो मात्र सर्वोच्चका कुनै न्यायाधीशको आदेश बिना लेखिएको पाइएपछि सर्वोच्चमा हडकम्प मच्चिएको थियो । अहिले सर्वोच्चले अर्को पत्र पठाएर रेशम चौधरीलाई छोड्न भनिएको छ । 


प्रहरीले पत्र लिएर गएका सर्वोच्चका शाखा अधिकृत महिमानसिंह बिष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको बुझिएको छ । उनले आफूखुशी पत्र लेखेको बयान प्रहरीलाई दिएको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी