नेभिगेशन
राजनीति

प्रधानमन्त्रीले साँझ बोलाए मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलन टुंग्याउने तयारी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने यो बैठकमा शिक्षक आन्दोलनका मागहरू टुंग्याउने विषयमा ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

एक मन्त्रीले दिएको जानकारीअनुसार, बैठकको मुख्य एजेन्डा शिक्षक आन्दोलनलाई समाधान गर्नु रहेको छ।

नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता र आन्दोलनलाई सँगसँगै अघि बढाइरहेको छ। महासंघले आफ्ना मागहरूमध्ये केही मन्त्रिपरिषदबाट र केही संसदबाट सम्बोधन गर्नुपर्ने माग राखेको छ। मन्त्रिपरिषद्बाट टुंगिनुपर्ने मागहरूमा सहमति भएमा परीक्षा सञ्चालनलगायतका शैक्षिक गतिविधिमा सकारात्मक सहयोग गर्ने महासंघले स्पष्ट पारेको छ।

शिक्षा मन्त्रालयले पछिल्ला केही दिनदेखि शिक्षक महासंघसँग वार्ता गर्दै आए पनि ठोस सहमति हुन सकेको छैन।

आजको मन्त्रिपरिषद् बैठकले शिक्षकका मागहरूलाई सम्बोधन गर्ने निर्णय गरेर आन्दोलनलाई टुंग्याउने प्रयास गर्ने अनुमान गरिएको छ। यो बैठकले शिक्षक आन्दोलनको समाधानसँगै शैक्षिक क्षेत्रमा देखिएको अनिश्चितता हटाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

मन्त्रिपरिषद् बैठक जारी