हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ २४ पैसा तोकिएको छ ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६२ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैया १६ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ३४ पैसा तोकिएको छ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ३६ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ५८ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ २९ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३४ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ५८ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७६ पैसा तोकिएको छ ।