भारतमा एकैदिन ३५ हजार बढी कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ३५ हजार ८ सय ८६ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ४९ लाख ५८ हजार ७ सय ६८ पुगेको छ । यस्तै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८१ हजार ८ सय ९३ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८ सय ४६ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ४२ लाख ९५ हजार ४ सय ७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख ८१ हजार ४ सय ६८ रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:२८
प्रतिक्रिया दिनुहोस्