Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वभर एकैदिन १२ लाख ६२ हजार कोरोना संक्रमित थपिए, कुन देशमा कति ?

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
 
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर १२ लाख ६२ हजार १ सय ४४ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २९ करोड २६ लाख ८७ हजार ६ सय ३८ पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार १ सय ४० कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख ६५ हजार ४ सय १४ पुगेको छ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ३८ हजार ८ सय ९१ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २५ करोड ५१ लाख २७ हजार २ सय ६ कोरोना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ४८ हजार ७ सय ७२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५ करोड ६९ लाख ५८ हजार ५ सय पुगेको छ । यस्तै अमेरिकामा ४ करोड १६ लाख ३७ हजार ८ सय ९३ कोरोना संक्रमित निको भइसकेका छन् ।

h.png

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५५
प्रतिक्रिया दिनुहोस्