Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीनको युझोउ सहरमा कर्फ्यू, खतराको घन्टी बजेको विज्ञहरुको भनाई

बुधबार, मंसिर ७, २०७९

बेइजिङ - चीनको युझोउ सहरमा कर्फ्यू घोषणा गरिएको छ । ३ जनामा कोभिड संक्रमण देखिएपछि हेनान प्रान्तको युझोउ सहरमा कर्फ्यू लगाइएको हो । १२ लाख जनसंख्या भएको सहरका सबै नागरिकहरुलाई घरभित्रै बस्न भनिएको छ । 

यसअघि सो सहरमा केही दिनअघि बस तथा ट्याक्सी सेवा बन्द गरिएको थियो । त्यस्तै सहरका सपिङ मल, म्युजियम र पर्यटकीय आकर्षणका क्षेत्रहरु पनि बन्द गरिएका थिए ।चीनमा मंगलबार थप १७५ जनामा कोभिड देखिएको छ । तीमध्ये पाँच जना हेनान प्रान्तका छन् । 

युरोप र अन्य देशहरुको तुलनामा चीनमा कोभिड संक्रमितको संख्या थोरै भए पनि पछिल्ला दिनहरुमा फैलिएको संक्रमण दरले खतराको घन्टी बजेको विज्ञहरुले बताएका छन् । 

अगामी एक महिनापछि चीनमा हिउँदे ओलम्पिक आयोजना हुँदैछ । ओलम्पिक अगाडि संक्रमण दरलाई शून्यमा झार्ने चीन सरकारको तयारी छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५२
प्रतिक्रिया दिनुहोस्