Nic Ad Nic Ad
Nic Ad Nic Ad

ह्वात्तै बढ्यो कुखुराको मासुको मूल्य, कति पुग्यो ?

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेपाली बजारमा कुखुराको मासुको मुल्य बढ्न थालेको छ ।  कुखुराको दानाको मूल्य बढेपछि मासुको मूल्य पनि बढेको हो । कुखुराको दाना बनाउन चाहिने मकै, भटमास र फिड सप्लिमेन्टहरूको मूल्य बढेपछि दानाको मूल्य पनि बढेको छ । 

सोही कारणले कुखुराको मासुको मूल्य पनि बढेको हो । कुखुराको दानाको मूल्य किलोमा ६ रुपैयाँले बढेको नेपाल दाना उद्योग संघले जनाएको छ ।

अहिले नेपाली बजारमा दानाको मूल्य किलोको ८० देखि ८४ रुपैयासम्म पर्न गएको छ । कोरोनाका कारण कारण विश्व अर्थतन्त्रमा असर परेपछि कुखुरालाई खुवाउने औषधिको मूल्य पनि बढेको जनाइएको छ ।

अहिले बजारमा कुखुराको मासुको मूल्य बढेर प्रतिकिलो ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि कुखुराको मूल्य किलोको ३ सय ३० रुपैया रहेको थियो । 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्