Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ५१ हजार बढी संक्रमित थपिए 

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा ५१ हजार ७ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन ३५ हजार ८ सय ८६ जनामा संक्रमण देखिएको थियो । 
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ५० लाख ११ हजार ९ सय ९० पुगेको छ ।  यस्तै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८२ हजार १७ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा २४ हजार ८ सय ८९ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ४३ लाख २० हजार २ सय ९६ पुगेको छ । सक्रिय संक्रमितको संख्या २ लाख ९ हजार ६ सय ७७ रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:२९
प्रतिक्रिया दिनुहोस्