Nic Ad Nic Ad
Nic Ad Nic Ad

आणविक युद्ध अन्त्य गर्ने पाँच शक्तिाशाली देशले गरे यस्तो प्रतिबद्धता

बिहीबार, मंसिर ८, २०७९

मस्को - पाँच ओटा आणविक सम्पन्न देशहरुले आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । एउटा संयुक्त विज्ञेप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

रुसी प्रशासन क्रेमलिनले जारी गरेको विज्ञप्तिअनुसार प्रतिबद्ध जनाउने सबै देश राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । उनीहरुले रणनीतिक जोखिम घटाउने बाचासमेत गरेका छन् ।

सुरक्षित वातावरण सृजना गर्न सबै देशहरुसँग काम गर्न चाहेको बताएका छन् । ‘आणविक युद्ध हुनु हुँदैन र यसलाई जित्न सकिँदैन भन्नेमा हामी दृढ छौं,’ ती देशहरुले संयुक्त विज्ञप्तिमा भनेका छन् । अस्थित्वमा रहेका आणविक हतियार रक्षात्मक कार्यमा प्रयोग गर्न सकिने भने ती देशको भनाई छ । एजेन्सी

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:१३
प्रतिक्रिया दिनुहोस्