Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वभर बढ्यो कोरोना संक्रमण, एकैदिन २१ लाख बढी संक्रमित थपिए, कुन देशमा कति ?

बिहीबार, मंसिर ८, २०७९

 
काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
 
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २१ लाख १७ हजार ८ सय ७८ कोरोना संक्रमित थपिएका छन् । यसअघि एकैदिन विश्वभर १२ लाख ६२ हजार संक्रमित थपिएका थिए । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २९ करोड ५४ लाख ३२ हजार १ सय पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ३ सय ४३ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख ७३ हजार ३८ पुगेको छ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा ७ लाख १२ हजार ३ सय २ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २५ करोड ८० लाख ५४ हजार ६ सय १० कोरोना संक्रमित निको भइसकेका छन् ।

त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ५१ हजार ४ सय ३१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५ करोड ८० लाख ३६ हजार ९ सय २० पुगेको छ । यस्तै अमेरिकामा ४ करोड १८ लाख ९९ हजार ८ सय ५१ कोरोना संक्रमित निको भइसकेका छन् ।

n.png

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२८
प्रतिक्रिया दिनुहोस्