Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वभर बढ्यो कोरोना संक्रमण, एकैदिन २५ लाख बढी संक्रमित थपिए, कुन देशमा कति ?

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
 
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २५ लाख ३३ हजार ६ सय ९९ कोरोना संक्रमित थपिएका छन् । यसअघि एकैदिन विश्वभर २१ लाख १७ हजार ८ सय ७८  संक्रमित थपिएका थिए । त्यसअघि एकैदिन विश्वभर १२ लाख ६२ हजार संक्रमित थपिएका थिए । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २९ करोड ८१ लाख २३ हजार ६ सय ७३ पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार १ सय ९८ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख ८१ हजार ६ सय ९६ पुगेको छ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ४६ हजार २ सय ५९ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २५ करोड ६७ लाख ५५ हजार कोरोना संक्रमित निको भइसकेका छन् ।
 
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ५३ हजार ६ सय १० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५ करोड ८८ लाख ४ हजार ४ सय १२ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड १९ लाख ९८ हजार २ सय ५३ कोरोना संक्रमित निको भइसकेका छन् ।

nn.png

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्