भारतमा ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु
काठमाडौं - भारतमा अहिले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तिव्र फैलिएको छ । कोरोनाको ओमिक्रोनबाट भारतमा पहिलोपटक एक जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा भारतको राजस्थानमा एक ७३ वर्षीय बृद्ध रहेका छन् । ती व्यक्तिको ओमिक्रोन भेरियन्टबाट मृत्यु भएको सो मन्त्रालयले बुधबार जनाएको छ ।
ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेको पनि जनाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ओमिक्रोनबाट मृत्यु भएको यो पहिलो घटना भएको बताएको छ ।
यो संक्रमण अहिले भारतको मुम्बईमा देखिएको छ । हालसम्म भारतका २६ राज्यहरुमा ओमिक्रोन फैलिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:१४
प्रतिक्रिया दिनुहोस्