Nic Ad Nic Ad
Nic Ad Nic Ad

किरण गजमेरको गीतलाई चोरीको आरोप, युट्युबबाट हटाइयो

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - किरण गजमेरको नयाँ गीत ‘हे दैव’ लाई चोरीको आरोप लागेको छ । किरणसँगै मेलिना राईको स्वरमा सजिएको यस गीतलाई गीतकार भूपेन्द्र खड्काले चोरीको आरोप लगाएका हुन् । 

खड्काले अनुमति बिना आफ्नो गीत चोरी गरिएको बताएका छन् । उनले भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो बोलको गीतसँग किरणले गाएको गीत मिलेको बताएका छन् । यस गीतलाई २०६२ मा एल्बम ‘आधा सपना’मार्फत रिलिज गरिएको थियो । 

he daiba.jpg

चोरीको आरोप लगाएपछि गीतको भिडियो युट्युबबाट हटाइएको छ । रामजी लामिछानेको निर्देशनमा बनेको ‘हे दैव’ गीतको भिडियोमा सलोन बस्नेत र रुबिना थापाले अभिनय रहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार