Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वभर बढ्यो कोरोना संक्रमण, एकैदिन २४ लाख ९३ हजार संक्रमित थपिए, कुन देशमा कति ?

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
 
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २४ लाख ९३ हजार ६ सय ९९ कोरोना संक्रमित थपिएका छन् । यसअघि एकैदिन विश्वभर २५ लाख ३३ हजार ६ सय ९९ संक्रमित थपिएका थिए । त्यसअघि एकैदिन विश्वभर २१ लाख १७ हजार ८ सय ७८ संक्रमित थपिएका थिए । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३० करोड ६ लाख ८४ हजार ७ सय ७१ पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ हजार ८ सय ३१ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ लाख ८९ हजार ५ सय ३ पुगेको छ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार ३ सय ४४ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २५ करोड ७४ लाख ८३ हजार ५ सय ४४ कोरोना संक्रमित निको भइसकेका छन् ।
 
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ५५ हजार ८ सय ४३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५ करोड ९५ लाख ६४ हजार १ सय १६ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड २० लाख ८९ हजार १ सय ९८ कोरोना संक्रमित निको भइसकेका छन् ।

j.png

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:५१
प्रतिक्रिया दिनुहोस्