Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा भुसको आगो झै फैलियो कोरोना, एकैदिन १ लाख ६० हजारमा संक्रमण

शुक्रबार, मंसिर ९, २०७९

एजेन्सी - भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा एक लाख ५९ हजार ६३२ जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ ।

भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् । 

पछिल्लो २४ घन्टामा ९० लाख जनालाई कोभिडविरुद्ध खोप दिइएको छ । एकै दिन  ६१६ ओमिक्रोन संक्रमित थपिएका छन् । योसँगै ओमिक्रोनबाट संक्रमितको संख्या पनि तीन हजार ७०० पुगेको छ । संक्रमितमध्ये एक हजार ४०९ जनामा दोस्रो वा तेस्रो व्यक्तिबाट फैलिएको विज्ञहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३३
प्रतिक्रिया दिनुहोस्