कोरोना तिव्र गतिमा फैलिएपछि भारतीय प्रधानमन्त्री मोदीले बोलाए आपत्कालिन बैठक
काठमाडौं - भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । एकैदिन एक लाख ६० हजार संक्रमण देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपत्कालीन बैठक बोलाएका छन् ।
प्रधानमन्त्री मोदीले कोरोनाको जोखिम बढेको भन्दै आइतबार अपरान्ह्र साढे चार बजेका लागि आपत्कालीन बैठक बोलाएका हुन् । उक्त बैठकमा उच्च निकायका कर्मचारी सहभागी हुने बताइएको छ ।
बैठकमा कोरोनाको रोकथाम र नियन्त्रणका बिषयमा छलफल हुनेछ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोरोना संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०६:२२
प्रतिक्रिया दिनुहोस्