नेभिगेशन
विश्व

भारतमा एकैदिन १ लाख ६१ हजार बढी कोरोना संक्रमित थपिए 

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार ५ सय ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन १ लाख ७९ हजार जनामा संक्रमण देखिएको थियो । 
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ५८ लाख ६९ हजार ९ सय ४७ पुगेको छ ।  यस्तै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८३ हजार ९ सय ३६ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा ५५ हजार ३ सय ७७ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ४५ लाख ५५ हजार ५ सय ४९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ लाख ३० हजार ४ सय ६२ रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन