विश्वभर एकैदिन २० लाख बढी कोरोना संक्रमित थपिए, कुन देशमा कति ?
काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २० लाख २६ हजार ५ सय २ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७ लाख ७१ हजार ३ सय ४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ५ सय ५७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख ११ हजार ७ सय २६ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ लाख ३९ हजार ७२ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २६ करोड ५ लाख १७ हजार ८ सय ९७ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ६१ हजार २ सय ७७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६ करोड २५ लाख ३० हजार ५ सय ४५ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड २४ लाख ८५ हजार ६ सय ११ कोरोना संक्रमित निको भइसकेका छन् ।