Nic Ad Nic Ad
Nic Ad Nic Ad

अफगानिस्तानमा मानवीय दुर्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यक

बिहीबार, मंसिर ८, २०७९

न्युयोर्क - अफगानिस्तानलाई मानवीय दुर्घटनाबाट जोगाउन पाँच अर्ब डलर आवश्यक भएको राष्ट्रसंघले जनाएको छ । पाँच अर्ब डलरमध्ये चार अर्ब अफगानिस्तान भित्रका अफगानी र बाँकी रकम देशको सीमाबाहिर बसोबास गर्नेका लागि उपलब्ध गराइनेछ । 

राष्ट्रसंघका अनुसार अफगानिस्तानभित्रका २ करोड २० लाख मानिसहरु र देशबाहिर विभिन्न देशमा रहेका ५७ लाख विस्थापित अफगानीलाई राहत अपरिहार्य आवश्यक छ । 

‘अफगानिस्तानमा चौतर्फी मानवीय संकट छ । मेरो याे सन्देश छ कि अफगानी मानिसहरुका लागि ढोका बन्द नगर्नूहोस,’ राष्ट्रसंघका सहायता प्रमुख मार्टिन गिरिफ्थले भने ।  बढ्दो भोक, रोक, कुपोषण र असामयिक मृत्यु रोग्न सहयोग गर्न पनि उनले आह्वान गरे ।

१५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा आर्थिक संकट बढ्दो छ । मूल्य बृद्धि बढिरहेको छ भने बरोजगार दर उच्च छ । सन् २०२१ मा अफगानिस्तानमा अहिलेसम्मकै खराब खडेरी परेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:०५
प्रतिक्रिया दिनुहोस्