Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा एकैदिन १ लाख ८५ हजार बढी कोरोना संक्रमित थपिए 

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा १ लाख ८५ हजार ११२ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन १ लाख ६१ हजार ५ सय ५ जनामा संक्रमण देखिएको थियो । 
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ६० लाख ६० हजार ९ सय २ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको ज्यान गएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजार ३ सय ५९ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा ४५ हजार १७७ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ४६ लाख १५ हजार ३ सय ८ पुगेको छ ।  

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५३
प्रतिक्रिया दिनुहोस्