हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । बुधबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २९ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ८९ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९१ रुपैया ८७ पैसा तोकिएको छ।
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९४ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ३६ पैसा तोकिएको छ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया २८ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ २२ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ४३ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३३ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर १ सय ३४ रुपैयाँ ४४ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ ।