Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोरोना महामारीमा रक्सी पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले मागे माफी

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवासा '१०, डाउनिंग स्ट्रीट' मा भएको एक रक्सी पार्टीलाई लिएर माफी मागेका छन् । 

यो पार्टी मे २०२० मा कोरोना महामारीका बीच भएको थियो जतिबेला महामारीलाई लिएर लगाइएको प्रतिबन्धहरु जारी थियो । 

बेलायतमा बिगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको छ भन्दै यो प्रश्नलाई टार्दै आएको थियो ।'प्रधानमन्त्रीसँग प्रश्न' कार्यक्रमको सुरुआत हुनासाथ जोनसनले माफी माग्न चाहेको बताएको थिए । 

उनले महामारीमा करोडौं मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको बताए । उनले नियम बनाउनेले नै निमयको उचित रुपमा पालन नगरेको स्वीकार गरे । उनले घटनाको जिम्मेवारी आफूले लिने बताए ।एजेन्सी

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२९
प्रतिक्रिया दिनुहोस्