Nic Ad Nic Ad
Nic Ad Nic Ad

बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा 

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - रोमाञ्चक बनेको सेमिफाइनल खेलमा क्याटलान क्लब बार्सिलोनालाई ३-२ ले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । 

बुधबार राति साउदी अरबको रियादमा भएको खेलमा रियलले तीन पटक अग्रता लिँदै खेल आफ्नो पक्षमा पारेको हो । 

रियलको जितमा भिनिसिअस जुनियर, करिम बेन्जेमा र फेडेरिको भाल्भर्डेले १-१ गोल गरे । बार्सिलोनाको लागि लुक डि जोङ र अन्सु फातीले १-१ गोल फर्काए  । 

खेलको २५औँ मिनेटमा भिनिसिअसको गोलमा रियलले अग्रता लियो । ४१औँ मिनेटमा बार्सिलोनाका लुक डि जोङले गोल गर्दै पहिलो हाफ १–१ को स्थितिमा पुर्‍याए । ७२औँ मिनेटमा बेन्जेमाले रियललाई २-१ को अग्रता बनाए । पुनः फातीले गोल गर्दा खेल ८३ मिनेटमा बराबरीमा पुग्यो । खेलमा इन्जुरी समयको ९ मिनेटमा गोल गर्दै भाल्भर्डेले गोल गर्दै रियललाई फाइनलमा पुर्‍याए । 

यसअघि म्यानचेष्टर सिटीबाट बार्सिलोना आएका फेरन टोरेसले डेब्युसमेत गरे । तर, उनले चोटका कारण पूरा समय खेल्न सकेनन् ।  

योसँगै जाभि होर्नान्डेजको बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको छ । रियलले उपाधिका लागि बिहीबार साँझ हुने एट्लेटिको मड्रिड र एथ्लेटिको बिल्वाओबीचको विजेतासँग आइतबार खेल्नेछ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२५
प्रतिक्रिया दिनुहोस्