विश्वभर एकैदिन ३१ लाख २६ हजार कोरोना संक्रमित थपिए, कुन देशमा कति ?
काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३१ लाख २६ हजार ३ सय ३२ कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड ७२ लाख ९० हजार ९ सय २७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ८ सय ५५ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख २९ हजार ८ सय १७ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १० लाख २५ हजार २ सय ९७ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २६ करोड २७ लाख ६९ हजार ६ सय ४५ कोरोना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ६६ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६ करोड ४३ लाख ४४ हजार ६ सय ९४ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड २८ लाख ५ हजार ९० कोरोना संक्रमित निको भइसकेका छन् ।