Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाले दिए बधाई 

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्रीले बधाई तथा आगामी दिनको शुभकामना दिएका हुन् । 

विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थानमा पर्न सफल भएपछि दाहाललाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् । 

ट्वीटरमा प्रधानमन्त्रीले लेखेका छन् - ‘शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:२५
प्रतिक्रिया दिनुहोस्