Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोना संक्रमित, एकैदिन ३३ सय ४७ संक्रमित थपिए

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३ सय ४७ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । 

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३ सय ४७ जनामा काठमाडौंमा २५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जनामा कोरोना संक्रमण भएको हो । 

यसैबीच पछिल्लो २४ घण्टामा मुलुकभर ४९६१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा ४९६१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको २५ हजार ६८० रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:३३
प्रतिक्रिया दिनुहोस्