भारतमा भुसको आगो झै फैलियो कोरोना संक्रमण, एकैदिन २ लाख ५७ हजार बढी संक्रमित थपिए
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ६३ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन २ लाख ६८ हजार ९९९ संक्रमित फेला परेका थिए ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ७३ लाख ७९ हजार २ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ सय ८८ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८६ हजार ४ सय ८२ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ लाख ४२ हजार २४६ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ५२ लाख २७ हजार ९ सय ६७ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:२९
प्रतिक्रिया दिनुहोस्