सन्तानको योजना बारे प्रियंकाको यस्तो खुलासा
काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र उनका पति तथा गायक निक जोनस विभिन्न कारणले चर्चामा आइरहने गर्छन् । उनीहरुको जोडीलाई चर्चित जोडीको रुपमा पनि लिइन्छ ।
बलिउडदेखी हलिउडसम्म चर्चा कमाएकी प्रियंकाले निकसँग विवाह गरेको पनि लामोसमय बितिसकेको छ । तर, सन्तान जन्माउने भने सुरसार देखिदैन । उनका फ्यानहरुले पनि यसबारे सोधिरहेका हुन्छन् ।
तर उनीहरु यसबारे केही बताएका थिएनन् । हालै यो जोडीले सन्तानको योजनाबारे खुलाएका छन् । वेनिटी फेयरसँगको कुराकानीमा उनीहरुले परिवार योजना बारे बताएका छन् ।
प्रियंकाले सन्तान योजना आफ्नो भविष्यको ठुलो योजना भएको बताइन् । तर उनले अहिले हतार नभएको बताइन् । उनले भगवान भरोसा भनिन् । सन्तान जन्मिएपछि जीवन कम गतिमा बढ्ने बताउदै उनले यो सबै भगवानको हातमा रहेको बताइन् । उनले अहिले आफू काममा नै व्यस्त रहेको बताइन् ।
केही समयअघि उनीहरुको सम्बन्धविच्छेद भएको हल्ला पनि चलेको थियो । यसपछि उनले कामसँगै घरबाट पनि टाढा नरहने बताइन् । प्रियंकाले फिल्मबाट भन्दा पनि बढी सामाजिक सञ्जालबाट कमाउने गर्छिन् ।