भारतमा एकैदिन २ लाख ७७ हजार बढी कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित कति ?
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ७ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन २ लाख २२ हजार ५ सय ७९ संक्रमित फेला परेका थिए ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ७८ लाख ९६ हजार ११ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ४२ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार २ सय २६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ७ सय ९१ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ५५ लाख ६८ हजार ६ सय ७३ पुगेको छ । सक्रिय संक्रमित १८ लाख ४० हजार रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:५८
प्रतिक्रिया दिनुहोस्