नेभिगेशन
मनोरञ्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेता हुन् यश । पछिल्लो समय यश फिल्म केजीएफ(२ का कारण चर्चामा छन् । प्रशान्त निलले निर्देशन गरेको यस फिल्म अप्रिल १४ मा रिलिज गर्ने भनिएको छ । 

तर भारतमा पछिल्लो समय कोरोना संक्रमण तिव्र गतिमा बढिरहेको छ । यही गतिमा कोरोना बढेमा यो फिल्म तोकिएको मितिमा रिलिन नहुन पनि सक्छ । यशको यस फिल्म अहिले धेरै दर्शकले कुरिरहेका छन् । 

यसअघिको यशको फिल्म केजीएफ पनि दर्शकले निकै रुचाएका छन् । कुनै समय सामान्य परिवारमा जन्मिएका यशका अहिले धेरै फ्यान भइसकेका छन् । तपाईलाई थाहाँ छ,  यशको वास्तविक नाम नवीन कुमार गौडा हो। 

उनले धारावाहिक नन्द गोकुलाबाट आफ्नो अभिनय यात्रा शुरु गरेका थिए । भनिन्छ, उनका बुबा बस चालक थिए । उनका बुबा कर्नाटक राज्यमा बस चलाउथे । यो कुरा यशले एक अन्तवार्तामा खुलाएका थिए । फिल्म क्षेत्रमा लागेपछि चिनिन शुरु भएका यश अहिले धेरैको मनमा बस्न सफल भएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन