Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकदिवसीय क्रिकेट खेल : दक्षिण अफ्रिकासँग भारत पराजित

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - दक्षिण अफ्रिकाले पहिलो एकदिवसीय क्रिकेट खेलमा भारतलाई ३१ रनले पराजित गरेको छ । बोलाण्ड पार्कमा २९७ रनको विजयी लक्ष्य पाएको भारत निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रनमा समेटियो ।  

भारतका ओपनर शिखर धवनले सर्वाधिक ७९ रन बनाए ।  शार्दुल ठाकुर ५० रनमा अविजित रहे । यस्तै पूर्व कप्तान विराट कोहलीले ५१ रनको योगदान गरे । 

दक्षिण अफ्रिका लुन्गी एनगिडी, तबरेज शाम्सी र एन्डिले फेहलुकवयोले समान २ विकेट लिए । यस्तै एडेन माक्ररम र केशव महाराजले १–१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९६ रन बनाएको थियो ।

रास्सी भान डर डुसेनले सर्वाधिक १२९ रन बनाए ।  यस्तै कप्तान टेम्बा बभुमाले  ११० रनको योगदान गरे । भारतका जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए । 

जितसँगै तीन एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्