Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वभर ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन ३४ लाख संक्रमित थपिए, कुन देशमा कति ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
 
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३४ लाख १ सय ९२ कोरोना संक्रमित थपिएका छन् । यसअघि एकैदिन २९ लाख १० हजार ७ सय ३५ संक्रमित थपिएका थिए । यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३३ करोड ९१ लाख १ हजार ४ सय ९२ पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ८ हजार ५ सय ८० कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख ८२ हजार ८ सय १६ पुगेको छ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा १७ लाख २८ हजार ७ सय ८५ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २७ करोड २६ लाख ८९ हजार ३ सय ५० कोरोना संक्रमित निको भइसकेका छन् ।
 
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ८० हजार ५ सय १३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६ करोड ९७ लाख १५ हजार २ सय १४ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड ३७ लाख ५५ हजार ९ सय ३५ कोरोना संक्रमित निको भइसकेका छन् ।

hh.PNG

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५६
प्रतिक्रिया दिनुहोस्