Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वभर एकैदिन ३६ लाख कोरोना संक्रमित थपिए, कुन देशमा कति संक्रमित र मृत्यु ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै बढ्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या बढेको देखिन्छ ।
 
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३६ लाख ३२ हजार ८ सय ६६ कोरोना संक्रमित थपिएका छन् ।  यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३४ करोड ६७ लाख ८६ हजार ४ सय पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९८ हजार २९ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ लाख ३ हजार ४० पुगेको छ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा १६ लाख ४३ हजार ७ सय ३८ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २७ करोड ६५ लाख ६९ हजार ९ सय ९८ कोरोना संक्रमित निको भइसकेका छन् ।
 
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ८७ हजार ६ सय ४३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७ करोड १३ लाख ९४ हजार ५ सय ७९ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड ४१ लाख ९१ हजार ५ सय १२ कोरोना संक्रमित निको भइसकेका छन् ।

dd.PNG

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२६
प्रतिक्रिया दिनुहोस्