Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज कुन देशको विनिमयदर कति ? हेर्नुहोस्  

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७७  पैसा र बिक्री दर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७१ पैसा र बिक्री दर १३५ रुपैयाँ ३९  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ  र बिक्री दर १६१ रुपैयाँ ८२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३२ पैसा र बिक्री दर ८५ रुपैयाँ ७६ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ८७ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्री दर १० रुपैयाँ ५० पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६६ पैसा र बिक्री दर ३१ रुपैयाँ ८२ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ४२ पैसा र बिक्री दर ३२ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नाै रुपैयाँ ९६ पैसा र बिक्री दर १०  रुपैयाँ  एक पैसा कायम भएको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:४२
प्रतिक्रिया दिनुहोस्