थप १६ लाख ६० हजार कोरोनाविरुद्धको मोडर्ना खोप नेपाल आइपुग्यो, बाकीँ आउँदै
काठमाडौँ - नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको भीड बढ्न थालेको छ ।
सरकारले पछिल्लो समय कोरोना खोप धमाधम ल्याउन थालेको छ । सोमबार सरकारले थप १६ लाख ६० हजार मोडर्ना खोप ल्याएको छ । चौरसियाले सोमबार साँझ १६ लाख ६० हजार मात्रा मोडर्ना खोप आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए ।
उनका अनुसार बाँकी २३ लाख ४० हजार खोप मंगलबार आउने बताए । कोभ्याक्समार्फत विश्व बैङ्कको सहायतामा आउन लागेको ४० लाख मात्रा खोपमध्ये १६ लाख ६० हजार खोप नेपाल आइपुगेको हो ।
यो खोप कसलाई लगाउने निर्णय भएको छैन । तर यसअघि आएको खोप हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई लगाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०३
प्रतिक्रिया दिनुहोस्