Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वभर एकैदिन ३२ लाख कोरोना संक्रमित थपिए, कुन देशमा कति संक्रमित र मृत्यु ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या विस्तारै घटेको देखिन्छ ।
 
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३२ लाख ६१ हजार ९ सय ५६ कोरोना संक्रमित थपिएका छन् ।  यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३५ करोड ८९ लाख ८४ हजार ७ सय ५७ पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ५ सय ५५ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ लाख ३३ हजार ३ सय ११ पुगेको छ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा २३ लाख ५२ हजार ९ सय ६६ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २८ करोड ४४ लाख ९९ हजार ९ सय २६ कोरोना संक्रमित निको भइसकेका छन् ।
 
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ९४ हजार ८ सय ४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७ करोड ३४ लाख ३२ हजार ७ सय ७८ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड ५१ लाख १७ हजार ७ सय ४ कोरोना संक्रमित निको भइसकेका छन् ।

dd.PNG

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्