वास्तविकतामा देखियो 'पुष्पा'मा प्रस्तुत गरिएको दृश्य, संलग्न ५८ जना जंगलबाट समातिए
काठमाडौं - साउथ सुपरस्टार अल्लू अर्जुनको सुपरहिट फिल्म 'पुष्पाः द राइज'ले बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गर्न सफल भयो। गत डिसेम्बर १७ मा रिलिज भएको यस भारत मात्र होइन नेपालमा पनि राम्रो कमाई गर्न सफल भयो । फिल्मले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पनि पायो ।
फिल्ममा अल्लुको फरक अभिनय रअभिनेत्री समान्था रुथ प्रभुको आइटम नम्बरलाई पनि दर्शकले निकै मनपराए । सुकुमारको निर्देशनमा बनेको यस फिल्ममा रक्त चन्दन तस्करीको कथा देखाइएको छ ।
फिल्ममा 'पुष्पा'को भूमिकामा रहेका अल्लुले रक्त चन्दन तस्करीमा पुलिसको आँखा छलेको देखाइएको छ । तर, फिल्ममा देखाइएको रक्तचन्दन तस्करी दृश्य वास्तवमा नै देखिएको छ ।
वास्तवमा रक्तचन्दन तस्करी गरिएको भन्दै संलग्न ५८ जनालाई नेल्लोर पुलिसले पक्राउ गरेको भारतिय मिडियामा जनाइएको छ । संरक्षित जंगलमा रक्तचन्दनका रुख काटिरहेको बेला उनीहरुलाई पुलिसले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ५५ जना मजदुर र तीन जना तस्कर रहेको बताइएको छ । आन्ध्र प्रदेश पुलिसले तस्करहरुलाई रापुरको जंगलबाट नियन्त्रणमा लिएको बताइएको छ । तस्करीमा मुख्य नाइके भेलोर दामू चित्तुर जिल्लाको रहेको बताइएको छ । जंगलमा उनीहरुले पुलिसमाथि ढुङ्गा र बञ्चरोले हान्ने प्रयास पनि गरेका थिए ।