नेभिगेशन
विश्व

विश्वभर एकैदिन ३५ लाख कोरोना संक्रमित थपिए, कुन देशमा कति संक्रमित र मृत्यु ?

काठमाडौं । विश्वका विभिन्न देशमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण विस्तारै घट्दै गइरहेको देखिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस अहिले संसारका विभिन्न देशहरुमा फैलिएको छ । वर्ल्डोमिटर्सको तथ्यांक हेर्दा अहिले धेरैजसो देशमा कोरोना संक्रमितको संख्या विस्तारै घटेको देखिन्छ ।
 
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ३५ लाख ७ हजार ८ सय ८३ कोरोना संक्रमित थपिएका छन् ।  यससँगै विश्वभर कोरोना संक्रमितको संख्या ३६ करोड २९ लाख १५ हजार ४ सय १६ पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर १० हजार ६ सय ७ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ लाख ४५ हजार १ सय २४ पुगेको छ।
 
त्यस्तै पछिल्लो २४ घण्टामा २१ लाख ७७ हजार ८ सय १४ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म विश्वभर २८ करोड ६८ लाख २१ हजार ७० कोरोना संक्रमित निको भइसकेका छन् ।
 
त्यस्तै अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ८ लाख ९८ हजार ६ सय ८० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७ करोड ४१ लाख ७५ हजार ९ सय ७३ पुगेको छ । यस्तै अमेरिकामा ४ करोड ५४ लाख २१ हजार ३ सय १८ कोरोना संक्रमित निको भइसकेका छन् ।

dddd.PNG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन