Nic Ad Nic Ad
Nic Ad Nic Ad

किन घटे राहुल गान्धीका ट्विटर फलोअर्स ?

बुधबार, मंसिर ७, २०७९
नयाँ दिल्ली, १४ माघ-भारतको प्रमुख विपक्षी दल कंग्रेस आई पार्टीका नेता राहुल गान्धीले ट्विटरका फलोरअर्स घटेको भन्दै ट्विटर इन्कका सीइओसमक्ष गुनासो गरेका छन् । आफू फलोअर्स प्राप्त गर्ने आफ्नो क्षमतालाई सीमित गर्ने एउटा प्रयासको निशानामा परेको राहुलले गुनासो गरेका छन् ।  फलोअर्स बृद्धिमा नाटकीय गिरावट आएको भन्दै त्यसतर्फ उनले ट्विटरको ध्यानाकर्षण गरेका हुन् ।

ट्विटरका सीइओ पर्ग अग्रवाललाई पठाएको एउटा पत्रमा गान्धीले आफ्ना फलोअर्स सन् २०२१ देखि नाटकीय ढंगले घटेको अवगत गराएका छन् । सन् २०२१ को मेमा आफ्ना झन्डै ६ लाख ५० हजार नयाँ फलोअर्स बनेको र औषतमा दैनिक आठ हजारदेखि १० हजार नयाँ फलओर्स हुने गरेकोे उदाहरणसमेत उनले पेस गरेका छन् ।

सन् २०२१ को सुरुदेखि भने उनका नयाँ फलोअर्स झन्डै शून्यमा झरेका छन् । यसको कारण तीन महिना ट्विटरमा उनले छनौट गर्ने छलफलको विषय हुन सक्ने सामाजिक सञ्जालका विज्ञहरुले बताएको पनि गान्धीले पत्रमा लेखेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्