भारतमा कोरोना संक्रमणदर घट्दै, मृत्युदर बढ्दै, एकैदिन १७ सयले ज्यान गुमाए
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर घटिरहेको छ भने मृत्यु दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १ लाख ५८ हजार ५ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड १६ लाख २८ हजार ७५ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ सय २८ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९७ हजार ९ सय ९६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६९ हजार ५ सय १४६ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ९४ लाख ९९ हजार ७ सय १४ पुगेको छ । सक्रिय संक्रमित १६ लाख ३० हजार ३ ६५ सय रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:४९
प्रतिक्रिया दिनुहोस्