फेरि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ - सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि बढेको देखिन्छ ।
मंगलबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँको दरले बढेर प्रतिलोलाको एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ । ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १३:४५
प्रतिक्रिया दिनुहोस्