भारतमा कोरोना संक्रमणदर घट्दै, एकैदिन १ लाख ६४ हजार संक्रमित थपिए
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर घटिरहेको छ भने मृत्यु दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १ लाख ६४ हजार ५ सय ९३ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि एकैदिन १ लाख ५८ हजार संक्रमित थपिएका थिए ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड १७ लाख ९५ हजार ४ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय ९१ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९८ हजार ९ सय ८७ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३६ हजार ६ सय ७७ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ९७ लाख ४७ हजार ९ सय ८४ पुगेको छ । सक्रिय संक्रमित १५ लाख ४८ हजार ५ सय ७ रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १७:१८
प्रतिक्रिया दिनुहोस्