Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा कोरोना संक्रमणदर घट्दै, मृत्यु दर बढ्दै

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर घटिरहेको छ भने मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा १ लाख ४७ हजार १ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ ।  यसअघि एकैदिन १ लाख ६४ हजार संक्रमित थपिएका थिए । 
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड १९ लाख ५० हजार ५ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ सय संक्रमितले ज्यान गुमाएका छन् । यसअघि एकैदिन ९ सय ९१ संक्रमितले ज्यान गुमाएका थिए । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ८७ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार १ सय जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड ५ हजार ५ सय १४ पुगेको छ । सक्रिय संक्रमित १४ लाख ४४ हजार ९ सय रहेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्