Nic Ad Nic Ad
Nic Ad Nic Ad

म्यानमारमा सूकीविरुद्ध भ्रष्टाचार मुद्दा

शुक्रबार, मंसिर ९, २०७९

यांगुन - म्यामारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङ सान सू कीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । योसँगै सैन्य सरकारले अहिलेसम्म सू कीविरुद्ध ११ मुद्दा दायर गरेको छ । 

देशको उत्तरपश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले सूकीविरुद्ध मुद्दा दायर गरेको हो । सेनाले सो क्षेत्रमा ४०० घरहरु जलाएको जनाइएको छ । 

आफ्नी आमाको नाममा स्थापना भएको एउटा परोपकार संस्थालाई गैरकानुनी ढंगले ५ लाख ५० हजार सहयोग भन्दै प्रहरीले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा अदालतको सुनुवाइ बारेमा विस्तृत विवरण खुलाइएको छैन । 

सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको, कोभिड नियम पालना नगरेको र दूरसञ्चारको नियम उल्लंघन गरेको विभिन्न अभियोगमा सूकीलाई यसअघि नै अदालतले ६ वर्ष जेल सजाय तोकेको छ । गत वर्षको फेब्रुवरीमा निर्वाचित सरकारलाई कु गरेपछि सूकी घरमै नजरबन्दमा छिन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:१०
प्रतिक्रिया दिनुहोस्