भारतमा कोरोना संक्रमणदर घट्दै, मृत्यु दर बढ्दै
काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर घटिरहेको छ भने मृत्यु दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा१ लाख ६ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २१ लाख ८८ हजार १ सय ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८६५ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख २ हजार ८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ लाख १२ हजार जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड ४ लाख ६१ हजार १ सय ४८ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५२
प्रतिक्रिया दिनुहोस्