Nic Ad Nic Ad
Nic Ad Nic Ad

रहिनन् गायिका लता मंगेशकर 

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - बलिउडकी गायिका लता मंगेशकरको निधन भएको छ । उनको आइतबार बिहान मुम्बईस्थित ब्रीच केण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

स्वास्थ्यमा सुधार नदेखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । लता गत महिनाको सुरुमै कोरोना संक्रमित भएकी थिइन् । त्यसपछि उनलाई संक्रमित भएपश्चात मुम्बईको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । 

उनको उपचारमा संलग्न चिकित्सकले गायिकाको अवस्थामा बिस्तारै सुधार भइरहेको बताएका थिए । त्यही कारण उनलाई दुई दिनअघि भेन्टिलेटरको सपोर्टबाट हटाइएको थियो । तर उनको आज बिहान उपचारको क्रममा निधन भएको हो । 

लताको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दोरमा भएको थियो । भारतरत्नबाट सम्मानित उनले बलिउडमा करियरको सुरुवात सन् १९४२ बाट गरेकी थिइन् । तर, उनले पहिचान भने फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पाइन् । उनले २० भाषामा हालसम्म ३० हजारभन्दा बढी गीत गाइसकेकी छन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्