नेभिगेशन
अर्थतन्त्र विविध

बढ्यो सुनचाँदीका मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं - बुधबार सुनको मूल्य बडेको छ । मंगलबार प्रतितोला ९३ हजार १०० मा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर प्रतितोला ९३ हजार ४०० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ९०० रुपैयामा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्य प्रतितोला २० ले बढेर एक हजार २८० रुपैयामा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर रहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप अर्थतन्त्र विविध