Nic Ad Nic Ad
Nic Ad Nic Ad

चर्चित र्‍यापर भिटेनको युट्युब च्यानल ह्याक 

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - चर्चित र्‍यापर भिटेन उर्फ समीर घिसिङको युट्युव च्यानल ह्याकरले कब्जामा लिएको छ । युट्युव च्यानल ह्याकरले कब्जामा लिएपछि भिटेन तनावमा रहेका छन् । 

‘भिटेन म्युजिक’ नामक उनको च्यानलबाट ‘बिग २०२२ इभेन्ट नाममा ‘क्रिप्टोकरेन्सीसम्बन्धी लाइभ गरेपछि ह्याक भएको थाहाँ भएको हो । 

१६ लाख ३० हजारभन्दा बढी सब्स्क्राइबर भएको उनको यो च्यानल ह्याकरले कब्जामा लिएको हो । ह्याकरले च्यानलको नाम परिवर्तन पनि गरेको छ ।

vit.jpg 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२३
प्रतिक्रिया दिनुहोस्