Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा कोरोना संक्रमणदर निरन्तर घट्दै 

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमणदर घटिरहेको छ भने मृत्यु दर बढ्न थालेको  छ । पछिल्लो २४ घण्टामा ५५ हजार ९ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।  यसअघि ६५ हजार १ सय ४६ जना कोरोना संक्रिमत थपिएका थिए ।
 
हालसम्म कोरोना संक्रमितको कुल संख्या ४ करोड २५ लाख ३४ हजार ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ५९ संक्रमितले ज्यान गुमाएका छन् ।  हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख ७ हजार २ सय ८ जना पुगेको छ ।  
 
यस्तै पछिल्लो २४ घण्टामा १ लाख ३९ हजार ३ सय ८३ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड १३ लाख २० हजार १ सय ३४ पुगेको छ ।  

 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२९
प्रतिक्रिया दिनुहोस्